१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

गृहमन्त्रीको पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह


१७ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं।  नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् ।

उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएको समेत बताए ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ ।

त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००