काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला जतिबेला पनि हुनसक्ने बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भइरहेको र जे पनि हुन सक्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले आफ्नो ज्यानमाथि हमला भएपनि अनौठो नमान्नु होला भनेका छन् ।
उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताएका छन् ।
प्रतिक्रिया