३० आश्विन २०८१, बुधबार । October 17, 2024

मुख्य खबर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने



काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ ।

चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको बताइएको छ ।

आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक र दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएका छन् । केरुङ नाका नखुल्दा आयात निर्यात ठप्प भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००