काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि कम्फर्टेबल नभएर अरु कसैका लागि कम्फर्टेबल हुन्छु भन्ने बिषयमा आफुले प्रतिबाद नगर्ने बताएका छन् ।
एक टेलिभिजन अन्तरवार्तामा बोल्दै केपी शर्मा ओलीले आफुले तत्काल राजिनामा दिए जनताका लागि अन्याय हुने भन्दै तत्काल राजिनामा नदिने स्पस्ट पारेका छन् ।
प्रधानमन्त्रीले भने मैले तत्काल राजिनामा दिए भने जनता माथि अन्याय हुन्र्छ ।
संसद पुर्नस्थापनापछि प्रचण्डले दिएको भारतलाई कम्फर्टेबल हुने खालको सरकार बनाउँछु भन्ने अभिव्यक्तिप्रति लक्षित गदै प्रधानमन्त्रीले भने ,–‘मैले उहाँहरुका लागि अनकम्फर्टेबल काम गरेको होला, अनकम्फर्टेबल भनेको नक्सा छापियो, सिमानामा बाँध बाँधियो, मैले त यस्ता धेरै अन्कम्फर्टेबल काम गरिरहेको छु । यदि त्यो अनकम्फर्टेबल हो भने म व्योहोर्न तयार छु ।’
आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘मैले अरु बाटा समाउनसक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु ।
प्रतिक्रिया