काठमाडौँ । पिँडुला देखाएको भरमा केपी शर्मा ओलीले सांसद बनाएको नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन्।
पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीले बताएकी छिन्। एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्।
पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। गायिकासमेत रहेकी वलीले शनिवार साँझ ट्वीटरमार्फत पन्त निच भएको खुलेको आरोप लगाएकी थिइन्।
आइतवार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन्। ट्वीटरमा वलीले लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ। वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन्।
प्रतिक्रिया