२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

मन्त्री गुरुङ : केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल ढल्दैन



काठमाडौं ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गरेका छन् ।

दूरदृष्टी तथा उच्च मनोबलका धनी नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार त्यति कमजोर छैन कसैले हल्ला गर्दैमा या प्रयत्न गर्दैमा ढलिहाल्ने होइन– मन्त्री गुरुङले भने ।

काठमाडौँमा भएको कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान को २७औँ वार्षिक साधारण सभाको उद्घाटनको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले विकास र समृद्धिको नारासहित काम गरिरहेको सरकारलाई अवरोध गर्न थालेपछि नयाँ जनादेशको लागि प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको तर त्यसलाई सर्वोच्चले उल्टाएपछि सरकार नयाँ परिस्थिति अनुसार नै अघि बढेको बताएका छन् ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार ००:००