काठमाडौँ । अब प्राथमिक सेयर आइपिओ को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको जानकारि प्राप्त भएको छ ।
यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।
लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताएका छन् ।
प्रतिक्रिया