३ कार्तिक २०८१, शनिबार । October 19, 2024

समाचार

५० हजार रुपैयाँ घुस लिएको आरोपमा दुई जना पक्राउ



काठमाडौँ । पछिल्लो समय सेवाग्राहीसंग घुष लिने क्रममा पक्राउ पर्नेको संख्या बढिरहेको छ । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक इन्स्पेक्टर सहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००