काठमाडौँ ११ फागुन । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।
प्रतिक्रिया