काठमाडौँ ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएको बताइएको छ ।
भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलवार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने बताइएको छ ।
प्रतिक्रिया