काठमाडौँ ११ फागुन । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको जनाइएको छ । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।
सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ ।
प्रतिक्रिया