काठमाडौँ ८ फागुन । बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।
एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलार्ई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रतिक्रिया