२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढ्यो



काठमाडौँ ५ फागुन ।  आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिन ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।

संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो।

सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो। पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ।

त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००