२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगे



काठमाडौँ ५ फागृुन । भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो।

दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ३२ जना क्षमताको सो बसमा चालकसहित ६२ जना सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००