काठमाडौँ ५ फागृुन । सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।
असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
प्रतिक्रिया