काठमाडौँ ३ फागुन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने स्पस्ट पारेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताएका हुन् । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको समेत बताएका छन् ।
उनले कसैको रिष वा आवेगले संसद भंग गर्न नपाउने बताएका छन् । थापा विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका हुन् ।
प्रतिक्रिया