काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफुहरुले नै पाउने दावी गरेका छन् ।
बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले चुनाव चिन्ह आफहरुको पक्षमा हुने भन्दै चुनावको तयारीमा लाग्न निर्दैशन समेत दिएका छन् ।
छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको छ ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिएका छन् ।
उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफुहरु नै भएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया