१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

राष्ट्रवादी आन्दोलन तुहाउने चेस्टा नगर्न (राप्रपा) सम्वद्ध विद्यार्थीको चेतावनी (विज्ञप्तीसहति)


२८ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पृथ्वी जयन्तीमा भएको घरपकडलाई राज्य आतंकको संज्ञा दिँदै दोषीमाथि कारवाहीको माग गरेको छ ।

‘राप्रपाका अध्यक्ष एवं राष्ट्रवादी आन्दोलनका सर्वोच्च शिखरपुरुष, नैतिकवान नेता पशुपति शम्शेर जबरामाथि भएको धरपकड अराजनैतिक, राज्यआतंक भएको’राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्तलेमंगलबार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

राष्ट्रवादी आन्दोलन तुहाउने कुचेष्टा नगर्न र ज्यादती अविलम्ब बन्द गर्न राप्रपानिकट विद्यार्थी संगठनले सरकारलाई चेतावनी दिएको छ ।

विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ । घटनामा घाइते नेता कार्यकर्ताको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरवारस्थित शालिकमा माल्र्यापण गर्न जाने क्रममा राप्रपाद्वारा निकालिएको बृहत्त र्यालीमा धरपकड गरिएको भन्दै अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार ००:००