काठमाडौं । स्रोत नखुलेको नगद ३७ लाख रूपैयाँ र सात लाख ११ हजार रूपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको चेकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका –२ नागढुङ्गाबाट २६ वर्षीय रामकुमार गुरूङ रहेका छन्। उनी चितवनको माडी नगरपालिका–६ का हुन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाएर ल्याएको अवस्थामा उक्त नगद र चेक फेला परेपछि पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
प्रतिक्रिया