काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय २७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय २७ पुगेको छ ।
प्रतिक्रिया