काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ ।
प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको बुझिएको छ ।
गत पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो।
प्रतिक्रिया