काठमाडौं, १३ पुष । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै छ ।
हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने कांग्रेसले जनाइएको छ ।
काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ ।
पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।
प्रतिक्रिया