काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले पार्टी नफुटाउने उद्घोष गरेका छन् ।
वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जनाएका छन्।
ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणासमेत गरे ।
‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया