काठमाडौं, ६ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् ज्युँदै रहेको दाबी गरेका छन् ।
आफ्नो पक्षका विघटित संसद्को सांसदहरूको भेलामा उनले संसद् विघटन नभएका कारण सांसदहरू ज्युँदै अवस्थामा रहेको बताएका हुन् ।
उनले २०५१ को अनुभवलाई र त्यसपछिको अभ्यासलाई हेरेर प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने प्रावधान संविधानमा नै राखेको अवस्थामा अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने बताएको स्रोतले जनाएको छ ।
उनले भने, ‘०५१ पछिको अवस्था मनन् गर्दै प्रधानमन्त्रीले संसद् भंग गर्न नपाउने भनी प्रावधान राख्यौँ, तर अहिले विघटन गरियो, त्यसैले यो गरिएको कार्य संविधानअनुसार छैन ।’
प्रतिक्रिया