पुष, ६ काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) ले पुस ८ गते देशभरका सदरमुकामहरुमा विरोध प्रर्दशन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कतका विरूद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय गरेको जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।
उनले सामाजिक सञ्जाल टेवीटरमा लखेका छन् ‘जनता समाजवादी पार्टीले प्रम ओलीको संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोळाइएको छ।’
प्रतिक्रिया