२२ माघ २०८१, मंगलबार । February 4, 2025

समाचार

कोरोना संक्रमणका कारण मोरङमा थप २ जनाको ज्यान गयो




मोरङ, २० भदौ । कोरोनाभाइरस संक्रमणका कारण मोरङमा थ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पताल स्रोतले बताएको छ ।

महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। शनिबार बिहान भने उनको रिपोर्ट पोजेटिभ आएको छ।

पुरुषको भने शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार ००:००