काठमाडौं, २० भदौं । भौतिक पूवाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना संक्रमण देखिएपछि मन्त्री नेम्वाङ्ग होम क्वारेन्टिानमा छन् । क्वारेन्टिनमा बसेकै कारण उनी शुक्रबारको मन्त्रिपरिषद बैठकमा समेत सहभागि भएनन् ।
गत बुधबार मन्त्रालयका ती अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी एक निजी अस्पतालमा आइसोलेसनमा रहेको स्रोतले जनाकारी दिएको छ ।
प्रतिक्रिया