१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ट्राभल

कर्णालीदेखि न्यूर्योकसम्म टोमा




भनिन्छ एउटा सफल मान्छेको विगतलाई फर्केर हेर्दा सफलताकै फेहरिस्त हुन्छ । यो भनाई टोमा लामाको जीवनमा पनि लागु हुन्छ । कर्णाली आफैमा विकटताको बिम्ब हो । त्यहि विकट कर्णालीको मुगुमा कुनै बेला कठाङ्ग्रिदो चिसोमा सिउ–सिउ गर्दैै हातमा पुस्तक च्यापेर विद्यालय जाने एउटी अबोध बालिका आज अन्तर्राष्ट्रिय रुपमा नै सेलिब्रेटी बनेकी छन् ।
अन्धविश्वासको कहाली लाग्दो अक्करे भीरहरु पार गरि आएकी लामा आज मुगाली समुदायको मात्रै होइन– नेपालीकै आकर्षणको केन्द्र बन्न सफल भएकी छिन् ।
टोमा जति क्षमतावान छिन् उतिकै सुन्दर पनि । आकर्षक शरिर, उस्तै सुन्दर मुहार त्यसमाथी खुलेर प्रस्तुत हुने कलाले उनको संगतमा पुग्ने जो कोहि भुतुकै हुन्छन् । त्यसैले उनका प्रशंसकहरु टोमालाई “ब्युटी विथ ब्रेन”भन्न छुटाउँदैनन् ।
सकारात्मक सोच र योजनाबद्ध यात्राले यहाँसम्म आइपुगेकी टोमा सन्तुष्ट छिन् । तर यतिमै चित्त बुझाएर बस्ने प्रकृतिको भने छैनन् । सफताको शिखर चढ्न अझै बाँकी छ भन्नेमा उनी प्रष्ट छिन् ।
अपावादलाई छोडेर हेर्ने हो भने, धेरै मानिसहरुमा मै खाउँ, मै लाउँ, सुखसयल पनि मै गरुँ भन्ने भावना हुन्छं । सुविधा सम्पन्न र विलासी जीवन बिताउने चाहना राख्ने व्यक्तिको बाहुल्य अझै नेपाली समाजमा व्याप्त छ ।


समाज तथा राष्ट्रसेवा मार्फत मुलुक बदल्ने अनि आफुलाई समेत अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउने । एउटा नेपाली नारी हुनुको गर्व, राष्ट्रियताप्रतिको जिम्मेवारी सावित गरिरहेकी छिन् । यसैको परिणाम स्वरुप आफ्नो निःस्वार्थ पाईला गन्तव्य तर्फको लम्किरहेको छ । लगनशील, बहुमुखी, चर्चित युवा चलचित्र निर्देशक, समाजसेवी एवं संचारकर्मी टोमा लामा विश्वभरका महिलाहरुको प्रतिष्पर्धामा अध्ययन र कार्यक्रमको शिलशिलामा अहिले अमेरीकामा छिन् । त्यहाँ उनको परिचय निक्कै फराकिलो बनिसकेको छ ।
आमसञ्चार माध्यममा काम गर्ने टोमाको बाल्यकालकै सपना हो । त्यहि सपनालाई पछ्याउँदै टोमा लोकप्रिय चर्चित रेडीयो नेपाल एफएममा आबद्ध भइन । त्यहाँ उनी टक सो “कार्यक्रम आवाज” चलाउँथिन । त्यो कार्यक्रम छोटो समयमै लोकप्रिय बन्यो ।
कार्यक्रमकै दौरानमा नेपालमा चलचित्र क्षेत्रमा फरक धार निर्माण गर्न सफल वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बासंग भेट भयो । कार्यक्रममा गेष्ट बनेर आएका सुब्बासंग अन्र्तवार्ता सकिएपछि अनौपचारिक गफ चलिरहेको बेला सुब्बाले भने “तपाइँको खुबी त चलचित्र निर्देशन गर्ने पनि छ, यदि इच्छा भए आउनुहोस् अब छिट्टै हामी एक हप्ते तालिम दिँदैछौं ।” त्यो प्रस्ताव टोमा लामाको लागि चलचित्र क्षेत्रमा प्रवेश गर्ने कोशेढुंगा सावित भयो । इन्डिजिनियस फिल्म अर्काइभ मार्फत् नेपाली सिनेमा क्षेत्रमा उदाएकी लामा परिणाम त वि.सं. २०६४ मा नै चलचित्र “सोल्जी” निर्देशन गर्न सफल भईन् । यो फिल्म सर्वोत्कृष्ट घोषित पनि भयो । फिल्मले देशविदेश सर्वत्र चर्चा कमायो । कमाई पनि राम्रो गर्यो । यति मात्रै होइन–“सोल्जी” सिनर्जी अफ वुमेन फिल्म फेस्टीवल( 2008 मा उत्कृष्ट निर्देशकको अवार्डबाट सम्मानित भइन । त्यस लगत्तै “सोल्जी” NhLÆNepal International Indigenous Film Festival Awards-2009 मा Best Director को अवार्ड पनि प्राप्त भयो । सीमान्तकृत मुगाल समुदायको प्रथम चलचित्र “सोल्जी” निर्देशन गरेर मुगाल समुदायको प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक र लेखकको FINFI Award-2013 बाट समेत लामा सम्मानित भईन् ।

हङकङमा आयोजना भएको infa FILM AWARD-2014 मा पनि यस चलचित्रले मुगाल समुदायको प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक उपाधि हात लाग्यो । “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र उत्सव–२०१६” मा बेष्ठ चलचित्र निर्देशकको पदकबाट सम्मानित भइन । त्यसपछि झनै उत्साहित बनिन ।
वि.सं. २०७४ मा उनकै निर्देशनमा चलचित्र “फेके- Mother Tongue” बन्यो । त्यो पनि सोल्जी भन्दा कमजोर भएन । “फेके-Mother Tongue” ले नेपाल सरकार, चलचित्र विकास वोर्डद्वारा सम्मानित अवार्ड हात लाग्यो । भने, “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७” मा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड र नगदसहित सम्मान समेत भइन । राम्रो काम गरेपछि सम्मान र अवार्डहरु आफैपछि लागेर आउने उनका बुझाइ छ ।


(Federation of Indigenous People of Nepal in America(FIPNA) ले आयोजना गरेको Nepal Indigenous Film Festival New York- 2017 लामाले निर्देशन गरेको चलचित्र “फेके ( Mother TongueÆBest Film मा नोमिनेशनमा पर्न सफल हुनुको साथै न्यूयोर्क फिल्म फेस्टीबलमा विशेष प्रर्दशन पनि गरिएको थियो । त्यहाँ पनि न्यूयोर्कवासी दर्शकहरुबाट वाहावाही नै पायो । उनीद्वारा निर्देशित दुईवटै फिल्ममा उनको आफ्नो अभिनय पनि रहेको छ । “मेहनत अनुसार पाएको माया, सम्मान, अनि अवार्डप्रति म अत्यन्त गौरवान्वित छुू टोमाले अमेरीकाबाट भनिन् मलाई अझ अघि बढ्न हौसला मिलेको छ, अब मेरो निर्देशनमा अन्य चलचित्र आउँदैछन् ।” बषौदेखी अमेरीकामा रहेर नेपालीले कमाउने मात्र हैन, समाज सेवामा पनि लाग्ने सचेतना मेरा सामाजिक कार्यले उर्जा थपेको छ । सामाजिक कार्यको साथै फिल्मी र संचार क्षेत्रमा नेपाली र अमेरीकन समुदायमा टोमाको लोकप्रियता बढ्दो छ ।
‘बिहानीले दिउसोको झल्को दिन्छ’ भने झै टोमाको प्रतिभा बाल्यकालबाटै प्रस्फुटन भएको थियो । बुबा आङग्याल लामा र आमा छोइटोल लामाको कोखवाट एक छोरी तथा दुई छोरामध्ये पहिलो सन्तानको रुपमा जन्मिएकी टोमा दुर्गम मुगु जिल्लाको तत्कालीन मुगु गा.वि.स.–९, मुगुटोल (हाल मुगु कार्मारोङ गाउँपालिका–२) को ग्रामिण परिवेशमा त्यो समयमा विद्यालय जाने पहिलो र एक्लो छात्रा थिइन । छोरी मान्छेलाई पढाईमा चासो नदिने समाजमा नयाँ रेकर्ड कायम गर्दै प्रगतिको उचाई चढ्दै अगाडी बढेकी उनको छलाङ विश्वको शक्तिकेन्द्र बनेको अमेरीकामा पुग्दा पनि रोकिएन, अमेरीकामा लोकप्रिय बन्दै गएकी नेपाली निर्देशक तथा नायिका, संचारकर्मी एवं समाजसेवी लामाको त्यही साहसिलो र प्रेरणादायी कथा पस्किदैछौ ।


रुढीवादले सोचले डेरा जमाएको मुगालहरुमा, अझ त्यसमाथि पनि छोरीलाई विद्यालय पठाउनु अपराध झैं ठानिन्थ्यो त्यो बेला । बिडम्बना नेपाली भाषा पढ्न वा पढाउनै हुँदैन भन्ने रुढीवादी सोचले डेरा जमाएको थियो मुगालहरुमा । अझ त्यसमाथि पनि छोरी विद्यालय पठाउनु अपराध झैं ठानिन्थ्यो । यद्यपि बुबा मुगाल समुदायको पहिलो शिक्षक हुनुभएकोले होला, टोमालाई विद्यालय जाने सौभाग्य मिल्यो । त्यस्तै पाँच वर्षको उमेरमा घरबाट २० मिनेट टाढाको तत्कालीन प्रा.वि. मुगु हुदै अध्ययनको सुरुवात भयो । ‘सुरुमा त स्कुल जाँदा रोएँ सबैले केटी मान्छे पनि स्कुल आई भनेर गिज्याउँथे’ टोमा विगत स्मरण गर्छिन् ‘तर पनि हिम्मत हारिन, क्रमशः बानी पर्दै गयो ।’ यस्तैमा उनले प्रावि अध्ययन पुरा गरिन ।
त्यसपछि थप अध्ययनका लागि गाउँबाट दुई दिनको बाटो जिल्ला सदरमुकाम गमगढी पुगिन । खुसीको कुरा के भने त्यहाँ कहाँ बस्ने कोसंग बस्ने भन्ने आपत थिएन । त्यतिबेला त्यहाँ आफ्नै घर बनिसकेको थियो । बुबा–आमा गमगढी–मुगु गाउँ आउजाउ गरिरहनुहुन्थ्यो । टोमालाई श्री महाकाली माध्यमिक विद्यालयमा कक्षा छ मा भर्ना गरियो । अध्ययनमा अब्बल उनले १६ वर्षको उमेरमा त्यहीबाट एसएलसी पास गरिन । आइए पास पनि त्यहि संस्थाबाट गरिन । रोचक त के छ भने उनीले एसएलसी पास गरेको साल जिल्लाकै एक मात्र छात्रा उनी थिइन । मुस्कुराउँदै थप्छिन फल स्वरुप मुगुको पहिलो एस.एल.सी पास गर्ने छात्रा भए । हुन त एसएलसी पास लगत्तै उहाँले तत्कालीन छायाक्षेत्र प्रा.वि.मा अध्यापन सुरु गर्नुभयो । त्यसमा पनि उहाँ जिल्लाको उत्कृष्ट ठहरिइन । त्यसबेला जिल्लाको सबैभन्दा कान्छी शिक्षक पनि थिइन् । त्यहाँको दुई वर्षे सेवापछि एक वर्ष जिल्ला प्रशासन कार्यालयमा खरिदार भएर काम गरिन । मुगु एजुकेशन पोजेक्टमा अनौपचारिक शिक्षाको संयोजक भएर काम गर्न थालिन । त्यसको केही समयपछि उनको बुबालाई पनि मुगाली भाषाको विज्ञको रुपमा काम गर्ने संस्थाले त्यहीं बोलायो । संस्थाले टोमाको बुवालाई काठमाण्डौंमा खटायो अनि टोमा पनि सेवासंगै थप अध्ययनका भोक बोकेर एक वर्षको काजमा काठमाण्डौं आइपुगिन । त्यसबीचमा उनले मुगाली राष्ट्रिय भाषा तथा साँस्कृतिक संरक्षण र सम्वर्धन संस्थान नामक संस्था स्थापना गरिसकेकी थिइन ।
यहि मोडबाट टोमाको दैनिकीमा परिवर्तन आयो । सामाजिक सेवामा रुचि राख्ने उनले युवा संस्थाहरुको छाता संस्था युवा गैर सरकारी संस्था महासंघको गरीमामय सचिव पदमा रहेर लामो समय काम गरिन्, संगसंगै नेपालका विभिन्न केन्द्रीय स्तरका गैर सरकारी संस्थाहरुमा आवद्ध हुदै, संयुक्त राष्ट्रसंघका विभिन्न कार्यक्रममा भाग लिदै, विश्वका दुईदर्जन भन्दा बढी मुलुकको भ्रमण गर्ने भाग्यमानी नेपाली महिलामा बनिन् ।


रेडियोकर्म सम्झिदै टोमा भन्छिन्, काठमाण्डौं आएको केही समय नबित्दैे नेपाल एफएममा कार्यक्रम उत्पादक तथा प्रस्तोता भए ‘कार्यक्रम आवाज’ को संचालन समेत गरे, जहाँ १० वर्ष वित्यो । नेपाल एफएमको कार्यक्रम आवाज मार्फत महिला हक अधिकारको विषयको उठान, दुर्गम क्षेत्रको समस्या, चुनौति, संभावना र विकासमा संचार माध्यमबाट योगदान दिएकोमा ICT Radio Journalist Honor -2015 को अवार्ड प्राप्त गरे ।

रेडीयो कार्यक्रम सञ्चालनको दौडानमा देशको विभिन्त्र क्षेत्रका चर्चित राजनीतिज्ञ, कलाकार, खेलाडी र समाजसेवी लगायतका विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुसंग कुशलताका साथ अन्र्तवर्ता लिने उनको यो क्षमताले एउटा राष्ट्रिय स्तरको मिडीया हाउस नेपाल एफएममा काम गर्ने मौका पाई चर्चित संचारकर्मी बनिन् । संभवतः त्यो बेला कर्णाली क्षेत्रबाट काठमाण्डौंको राष्ट्रिय स्तरको मिडिया हाउस रेडीयोमा काम गर्ने पहिलो महिला पनि हुन् ।

तीन वटै विधा, चलचित्र निर्देशक, पत्रकारिता र समाज सेवामा मुगु, कर्णालीदेखी राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म लोकप्रिय लामा मुगाल समुदायको प्रथम चलचित्र निर्देशक र सञ्चारकर्मी हुन् । टोमा कर्णालीको पहिलो महिला चलचित्र निर्देशक हुन् भने मुगु जिल्लाको प्रथम रेडियो जर्नालिष्ट ।
महिला शसक्तीकरण, जलवायु परिवर्तन र दुर्गम क्षेत्रको विकासको पर्याय हुन् भन्दा । कर्णाली सर्वाङगीण विकास केन्द्र(KIDC) र मुगाल आदिवासी जनजाति महिला उत्थान संस्था (MIWUI) को संस्थापक अध्यक्ष टोमा अझ विशेषतः कर्णालीवासीको शिक्षा, स्वास्थ्य, विकास, अधिकार लगायतका विषयलाई उनको संघर्षको इतिहास गौरवमय छ । आदिवासी जनजाति चलचित्र महासंघको महासचिव र उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरिन । आदिवासी चलचित्रको विकास र आदिवासी चलचित्रकर्मीको हकअधिकार स्थापित गर्नको लागि पनि योगदान गरेकी छिन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द«ीय सचिवालयको परियोजना तथा अन्तर्राष्ट्रिय सम्पर्क सचिव भएर पनि काम गर्दै उनले अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक फोरम अन ओम्यान ल एण्ड डेभलप्मेन्ट (APWLD) को पनि सदस्य रहेर समेत जिम्मेवारी वहन गरी सकेकी छन् ।

यतिमात्र नभइकन मुगाल समुदायको पहिलो शिक्षक, साहित्यकार तथा मुगाल भाषाविज्ञ बुवा आङग्याल लामाको लेखन कार्यलाई पनि साथ दिदै आएकी छिन् । बुवासंग मिलेर टोमाले मुगाल भाषाको कक्षा १ देखी ५ सम्मको पाठ्यपुस्तक लेखेका छन् । जुन पाठ्यपुस्तक नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको छ । यो पाठ्यपुस्तक विद्यालयमा पठनपाठन हुने क्रममा छ । यस अर्थमा मुगाल समुदायको लोप हुन लागेको मुगाल भाषाको विकास र संरक्षणमा पनि टोमाको उतिकै योगदान छ ।

संयुक्त राष्ट्रसंघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय सभामा भाग लिएर नेपालको प्रतिनिधित्व गर्दै भारत, फिलिपिन्स, ब्राजिल, थाइल्याण्ड, इन्डोनेसिया, पेरु, स्वीजरल्याण्ड, जर्मनी, मोरोको, फ्रान्स, अमेरिका लगायतका अन्य विभिन्न दुई दर्जन भन्दा बढी देशहरुमा भ्रमण गरी सकेकी लामा अहिले अमेरीकामा रहेर नेपाल र नेपालीको बारेमा सोच्ने, समाजिक विषय वस्तुमा चासो राख्नुका साथै सक्दो सहयोग समन्वय गर्ने पंक्तिमा उनको नाम अगाडी नै रहेको छ ।
न्यूयोर्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को सातौं राष्ट्रिय महाधिवेशनबाट टोमा लामा केन्द्रीय कार्यसमितिको सचिवमा निर्वाचित भएकी छिन् । सचिवमा निर्वाचित भएपछि टोमाले अमेरिकामा रहेर समाज सेवा गर्न अझ ठूलो हौसला मिलेको प्रतिक्रिया दिइन । नेपालमा रहेका नेपाली संघसंस्था र अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुबीच पुलको उनको ईच्छा छ । नेपालमा रहँदा सामाजिक संस्थामा क्रियाशिल भएको अनुभव पनि यहाँ काम लाग्नेछ । टोमाले नेपालमा जस्तै अमेरिकामा पनि पत्रकारिता, चलचित्र र सामाजिक कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन । नेपालका आदिवासी जनजाति तथा सिंगो नेपाली समुदायहरूको भाषा, संस्कृति, परम्परा र रितिरिवाजका साथै खानाहरू, भेषभुषाहरूको प्रवर्द्धन, प्रचारप्रसार गर्ने उनको योजना छ । बहुमुखी प्रतिभाका कारण उनी संलग्न सबै क्षेत्रमा लोकप्रिय छिन ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ००:००