काठमाडौं, ३ भदौ । निवेदन परेको करिव २ महिना पछि निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता भएको छ ।
नवगठित नेकपा एमालेमा अध्यक्षमा सन्ध्या तिवारी र महासचिवमा मनिष कुमार उपाध्याय छन् ।
उक्त पार्टी दर्ता भएसँगै नेपालको १३२ औँ पार्टी भएको छ । तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भएको थियो ।
नेकपा एमाले दर्ता हुदाँ यता नेकपामा भने ठुलै हलचल मच्चायो । गएको असार १२ गते उक्त दल दर्ताका लागि आवेदन परेको थियो ।
नवगठित पार्टीले आफ्नो दलको छापमा डाडाँको उदाउँदो सुर्यलाई राखेको छ ।
उक्त पार्टी दर्ताका लागि सबै मापदण्ड पुगेकाले दल दर्ता गरिएको निर्वाचन आयोजले जनाएको छ ।
प्रतिक्रिया