काठमाडौं, २ भदौं । पछिल्लो विवरण अनुसार नेपालमा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरड, धनुषा, बाँके र कास्कीका १÷१ जना पुरूष र तनहुँकी एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
प्रतिक्रिया