२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

नेपालको झण्डा जलाउँदै बाहुन क्षेत्रीलाई देशद्रोही भनेको आपत्तिजनक गीत, संलग्न एक पक्राउ



काठमाडौं, २ भदौ । देशद्रोहि शिर्षकको एउटा गीत मंगोल हव अफिसियल नामक युवट्ुवमा सार्वजनीक भयो । जुन गितमा देख्न सकिन्छ नेपालको झण्डा जलाईएको । त्यतिमात्र हैन बाहुन क्षेत्रीलाई शरणर्थी, देशद्रोही भन्दै गितमा गालि समेत गरीएको छ भने ।
उक्त गीत सार्वजनीक भए लगतै सामाजिक सञ्जालमा भने गीत प्रतिबन्ध गरी संलग्नलाई कार्वाहि गर्नुपर्ने चर्को माग उठेको छ । गीतमा भएका शब्दहरु यहाँ लेख्न लायक समेत छैनन् ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।
‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’ राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ।
म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका एक जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनीक गरेको छैन ।
अन्य संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ । नेपालको झण्डा जलाउँदै बाहुन क्षेत्रीलाई देशद्रोही भनिएको उक्त गीतको यतिबेला चौतर्फी बिरोध भइरहेको छ । नेता देखि कलाकार र सर्वसाधारण समेत उनीहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार ००:००