२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर युवकको मृत्यु



रुपन्देही । फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।
आज बिहान साडे २ बजे आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले बताए ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार ००:००