१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु, कुल संख्या १०४ पुग्यो



काठमाडौं, ३२ साउन । पछिल्लो विवरण अनुसार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका १ जना पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै मृतयु हुनेको संख्या १०४ पुगेको छ । ६४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन्।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार ००:००