सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकमा पहिरोले ३७ घर पुरिएका छन । ३८ जना वेपत्ता भएका छन् ।
क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।
पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया