काठमाडौं, ३० साउन । आज फेरि सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८ सयले बृद्धि भई ९८ हजार ६ सयमा कारोबार भइरहेको छ ।
बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९७ हजार ८ सय रहेको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार १ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ६० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ९५ रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ५५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया