२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

रुसमा कोभिड-१९ विरुद्धको भ्याक्सिन बन्यो



काठमाडौं, २७ साउन । आवश्यक मार्गनिर्देशन पालना नगरेको तथा पूर्ण परीक्षण नभएको आरोपका बावजुद रूसले कोरोना भाइरसको पहिलो भ्याक्सिनको घोषणा गरेको छ।

मस्कोको गामालेया इन्सिटिच्युडले थोरै परीक्षणबाट बनाएको यो भ्याक्सिन प्रयोगमा सुरक्षित, प्रभावशाली र लामो समयसम्म इम्युनिटी बढाउन सक्ने भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन्।

पुटिनले मंगलबारको क्याबिनेट बैठकमा आफ्नी एक छोरीमा यो भ्याक्सिनको परीक्षण गरिएको र यसको प्रभाव देखिएको बताए।

रुसी उपप्रधानमन्त्री टाटयाना गोलिकोभाका अनुसार रुसले अगस्टमा स्वास्थ्कर्मीलाई यो भ्याक्सिनमार्फत उपचार गर्ने र अर्को वर्षको सुरुआतदेखि अत्यधिक मात्रामा यसको प्रयोग गर्ने योजना बनाएको छ। एएफपी

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००