२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

गोंगबु हत्या प्रकरण : मृतक को हो भन्ने प्रमाण भेटिएन, प्रहरीले हुलिया सार्वजनिक गर्यो



काठमाडौं, २६ साउन । हिजो विहान जिउ एकातिर, टाउको र खुट्टा अर्कोतिर भएको अवस्थामा एक पुरुषको शव प्रहरीले फेला पार्यो ।

अन्दाजि ४०÷४५ वर्षका जस्तै देखिने ति पुरुषको टाउको र खुट्टा जेब्राको झोलामा र शरीर सुट्केसमा भएको हिजो फेला पारेको थियो । तर, प्रहरीलाई उक्त शव कसको भन्ने प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पुरष पहिचान गर्न नसकेपछि उनको हुलिया सार्वजनिक गर्दै हुलियाका आधारमा सम्पर्कमा आउन आफन्तलाई आग्रह गरेको छ ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले कुनै आफन्त सम्पर्कमा नआएको बताए।

“हामीलाई अहिले सबैभन्दा गाह्रो भएको विषय भनेको मान्छे को हो भन्ने नै हो र हराएका मान्छे (मृतक) को आफन्त आइदिए हुन्थ्यो”, एसएसपी बताए ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार ००:००