काठमाडौं, २६ साउन । कोरोनाभाइरस (कोभिड-१९)बाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
प्रतिक्रिया