काठमाडौं, २५ साउन । राजधानीको गोंगबुमा टाउको र खुट्टा बिनाको शव भेटिएको छ । उक्त शव गोंगबुस्थित गणेशथानदेखि केही भित्र फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल सिल गरेको अनुसन्धान सुरु गरेको छ ।
स्थानीयका अनुसार शव टुक्रा टुक्रा परेको छ।
‘शव भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एक प्रहरी अधिकृतले भने ।
आज विहान ७ बजे टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।
गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि रगत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४०÷४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।
प्रतिक्रिया