२४ माघ २०८१, बिहिबार । February 6, 2025

मनोरञ्जन

बलिउड अभिनेत्री अनुपमाले गरिन् झुण्डिएर आत्महत्या



काठमाडौं, २३ साउन । बलिउडका अभिनेता समिर शर्माले आत्महत्या गरेको २४ घण्टा नवित्तै अभिनेत्री अनुपमा पाठकले आत्महत्या गरेकी छिन् ।

भोजपुरी एक्ट्रेस पाठकले मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

४० वर्षीया अभिनेत्रीको आत्महत्याले फेरी एकपटक बलिउड शोकमा डुबेको छ ।

उनी आफ्नो मृत्युको एक दिन अगाडि सोसल मिडियामा लाइभ आएकी थिइन् ।

उनले लाइभमा आफ्ना फ्यान्सलाई आफ्ना दुखका कुरा शेयर गरेकी थिइन् ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार ००:००