२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

इलाममा १६ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि



इलाम, २२ साउन । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भईरहेको छ ।

शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण् देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंखा लागेर सबैको परिक्षण गयोै तर पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिमको लक्षण भने नदेखिएको थापाको भनाई छ । इलाममा शसस्त्र प्रहरीका १६ जना सहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार ००:००