काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका सुरक्षा गार्डमा कोरोना संक्रमण देखिएको छ ।
दाहालका सुरक्षार्थ खटिएका ६ जनामा सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
प्रचण्ड निवासमा हिजो पीसीआर परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट आज आएको हो।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण गरिएको थियो।
प्रतिक्रिया