काठमाडौं, २२ साउन । नेपाली बजारमा छापावाला सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
नेपाली बजारमा हिजोका तुलनमा आज एक हजार एक सयले बढेर प्रतितोला एक लाख दूई हजार पाँचसय पुगेको छ ।
एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।
बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।
प्रतिक्रिया