२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

पछिल्लो २४ घण्टामा २५९ जनाको कोरोना संक्रमण पुष्टि



काठमाडौं, २० साउन । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००