२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

प्रधानमन्त्रीलाई विज्ञको सुझाव-दुई साता कडाईका साथ लकडाउन गर्नुपर्छ



काठमाडौं, २० साउन । नेपालमा कोरोनाभाइरसको जोखिब बढ्दै जादा विज्ञहरुले प्रधानमन्त्रीलाई २ हप्ता कडाइका साथ लकडाउन गर्न सुझाव दिएका छन् ।

करिव ४ महिनाको लकडाउनको अन्त्यसँगै मानिस काममा फर्किएका थिए ।

साता दिन नबित्दै दोब्बरको संख्यामा संक्रमित थपिनु, मृतकको संख्या बढ्दै जानु र घना बस्ती भएका काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अन्य शहरहरुमा संक्रमण तीव्र रुपले कोरोनाभाइरस फैलिरहेको छ ।

कोरोना तीब्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद्हरुसँग परामर्श गरेका छन् ।

उनको जिज्ञासामा जनस्वास्थ्यविद्हरुले स्थिती भयावह हुनसक्ने भन्दै दुई साता कडाईका साथ लकडाउन थप्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।

यसअघि पनि बिना कुनै तयारी लकडाउन खोलिएको भन्दै चिन्ता व्यक्त गरेका विज्ञहरुले प्रधानमन्त्रीसँगको भेटवार्तामा लकडाउन खुलेसँगै कोरोना संक्रमण दर बढ्दै गएको जानकारी गराउँदै बन्दाबन्दी (लकडाउन) थप गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००