काठमडौं, २० साउन । अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १८२ जनामा गरिएको कोरोना परिक्षण गरीएको थियो ।
अख्तियार स्रोतका अनुसार संक्रमितहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
प्रतिक्रिया