मोरङ, २० साउन । मोरङमा एकै परिवारका १४ जनासहित २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङको रंगेली नगरपालिकामा उक्त संक्रमण बढेपछि भाइरसको पुष्टि भए
यहाँ भाइरसको संक्रमण बढेपछि रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।
संक्रमण पुष्टि भएपछि स्थानीय तहले मोरङको रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
सोमबार आएको पीसीआर रिपोर्टमा उक्त परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।
प्रतिक्रिया