काठमाडौं ९, साउन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतिर गएको बताएका छन्।
उनले लोकतान्त्रिक ढङ्गले संकटमोचन गर्न विकल्प पनि सुझाएका छन्। संसद अधिवेशन बोलाउनेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाइ गर्दै नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्ने र न्यायाधीशमाथि महाअभियोग लगाउनु पर्ने औंल्याएका हुन्।
यससँगै भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा प्रणालीमा जानुपर्ने पनि डा. भट्टराईले बताएका छन्।
बिहीबार मात्रै पत्नी गीता ढकालको हत्यामा दोषि ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन्।
गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सर्वश्वसहित जन्मकैदको सजाय भोक्दा कोइरालालाई चर्को पर्न जाने ठम्याउँदै ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो।
त्यसपछि राजनीतिज्ञ, अपराधशास्त्री, नागरिक समाजका अगुवा, अधिकारकर्मीहरू लगायतले अदालतको फैसलाप्रति चित्त बुझाएका छैनन्।
प्रतिक्रिया