काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।
नेपालमा हिजो ९बुधवार० १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया