१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनाभाइरस : नेपालमा एक चिनियाँ नागरिकसहित २ जनाको मृत्यु



काठमाडौं, ७ साउन । विश्वमानै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

मृत्यु हुनेमा १ नेपाली र १ विदेशी नागरिक रहेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । उनमा उच्च ज्वरो र स्वास्स प्रश्वास सम्बन्धि समस्याका कारण साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भ्यान्टिलेटरमा राखि उपचार गरिरहेको अवस्थामा साउन ६ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै अर्की एक चिनियाँ महिलाको पनि कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुने ४९ वर्षीया ती महिला पोखरामा काम गर्दै आएकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पताल भर्ना गरिएको थियो । गत साउन २ गते थप उपचारको लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो । उनको कोरोना परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार ००:००